६ वर्षपछि लेखनाथमा आदर्श कप, उपाधि राशी ४ लाख २५ हजार
पाेखरा | मंसिर १६, २०८१
कोभिडको महामारीसँगै रोकिएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ बर्ष पछि आयोजना हुँदैं छ ।
आदर्श युवा क्लबको आयोजनामा यही मंसिर २२ देखि २९ गतेसम्म भण्डारढिक खेलमैदानमा हुने २५ औं सस्करणको आदर्श कपको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ औं संस्करणको ऋद्दिसिद्धी आदर्शकप २०७५ सालमा भएको थियो । त्यसयता प्रतियोगिता रोकिएको थियो ।
त्यसपछि अहिले ६ वर्षपछि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
करिब ६० लाख रुपैयाँ खर्च हुने सो प्रतियोगिता आयोजकसहित ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
अध्यक्ष गुरुङका अनुसार आयोजक आदर्श युवा क्लब, कास्की –११, विभागीय क्लब नेपाली सेना सिद्धिदल गण (पश्चिम पृतना), नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्स्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि कुल ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको आयोजकले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

